काठमाडौ, फाल्गुन २२ - माया अभिव्यक्त गर्ने माध्यम हो किस । स-साना बालबालिकालाई काखमा राखेर गालामा म्वाइँ खानु वा राम्रो कुकुर तथा खरायोको बच्चालाई म्वाइँ खानु पनि किस नै हो । आमाबुबालाई माया गर्दा गालामा म्वाइँ खानु पनि किस नै हो । अति माया लाग्दा किस गरेर माया व्यक्त गरिन्छ । प्रेमी-प्रेमिका अथवा पति-पत्नीमा पनि माया धेरै भएपछि किस गरिन्छ । त्यस्तो किस निधारमा, गालामा र ओठमा गरिन्छ । अति नै माया गरिने अवस्थामा 'टङ्गकिस' गरिन्छ । चलचित्रको विषय मायामा आधारित हुने भएकाले चलचित्रमा माया अभिव्यक्त गरेको देखाउन अचेल किससिन राख्न थालिएको छ । मैले पनि छवटाजति चलचित्रमा नायकलाई किस गरेकी छु । मानिसहरू हेर्दै नहेरी हो कि बुझ्दै नबुझी त्यसलाई 'टङ्गकिस' भन्छन् र मलाई 'किस क्विन' रे । टङ्गकिस मायाको गहिराइमा पुगेपछि गरिन्छ । मैले मेरो श्रीमान्सँग प्रेम गर्दा पहिलो पटक 'टङ्गकिस' गरेकी थिएँ । त्यतिबेला 'डेटिङ' भन्ने चलन थिएन । त्यसैले कि उहाँको घर नभए मेरो घरमा हामी भेट्थ्यौं । सायद उहाँकै घरमा उहाँ र मैले एकान्तमा पहिलो पटक 'टङ्गकिस' गरेका थियौं । त्यतिबेला 'टङ्गकिस' गर्न हामी दुवैले जानेनौं । अहिले त अंग्रेजी चलचित्र हेर्दा-हेर्दा टङ्गकिस गर्न जानियो । उहाँ र म टङ्गकिस गर्दा एक-अर्कामा हराउँछौं । सबैको अनुभव यो मामिलामा एकै प्रकारको हुन्छ । टङ्गकिस गर्दा कहिल्यै आँखा खोलिँदैन । यत्रो ठूलो संसारमा हामी दुई मात्र छौ कि भन्ने अनुभूति हुन्छ । मैले विवाहपछि त्यस्तो अनुभव पटक-पटक सँगालेकी छु । From: Kantipur Online
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।