१७ फागुन, जनकपुर । अज्ञात हतियारधारी समुहले जनकपुरस्थित टुडे एफएमका सञ्चालक अरुणकुमार सिंघानियाको सोमबार साँझ गोली हानी हत्या गरेको छ ।
दुई वटा मोटरसाइकलमा आएका ४ जनाको हतियारधारी समुहले सिंघानियामाथि गोली प्रहार गरी फरार भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । तीन गोली छातीमा लागेका सिंघानियाको घट्नास्थलमै मृत्यु भएपनि उनलाई अस्पताल पुगेपछि चिकित्सकहरुले मृत घोषित गरेको थियो ।
हत्यापश्चात जनपुरको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ भने शहरको प्रत्येक प्रवेश नाका शिलबन्दी गरेर प्रहरीले कडा चेकजाँच थालेको छ ।
राजधानीमा केही समय अघि मात्रै सञ्चारम उद्यमी जमिम शाहको हत्या भएको घटना सेलाउन नपाउँदै अर्का सञ्चार उद्यमीको हत्या भएको छ । From: Online Khabar
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।