१० फागुन, कपिलवस्तु । बन्द खुलाउने क्रममा प्रहरी र मधेसी जनअधिकार फोरमका कार्यर्ताबीच सोमबार झडप भएको छ । तीनदेखि बन्द कपिलवस्तुको कृष्णनगर बजार खुलाउने क्रममा भएको झडपमा सशस्त्र प्रहरी निरीक्षक नरबहादुर शाहीसहित २ जना प्रहरी घाइते भएका छन् ।
झडपका क्रममा प्रहरीले प्रहरीले फोरमका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पदम चौरसिया र निश्चल सिंह रहेका छन् । शनिबारदेखि सुरु भएको विवादले सोमबार उग्ररुप लिएको हो ।
प्रहरीले सुरक्षाको ग्यारेन्टी दिने भन्दै स्थानीय व्यवसायी र व्यापारी तथा यातायात व्यवसायीहरुलाई निर्धक्क भएर आफ्नो व्यापार-व्यवसाय तथा यातायात सञ्चालन गर्न आग्रह गरेपछि झडप भएको हो ।
आफ्नो बन्द असफल पार्न प्रहरी सक्रिय भएपछि फोरमका कार्यकर्ताहरु सुरक्षाकर्मीमाथि जाइलागेका थिए ।
झडपका क्रममा उत्पन्न तनावलाई नियन्त्रणमा लिनका लागि दुई राउण्ड अश्रुग्याँस र लाठी चार्ज गरेको सशस्त्र प्रहरीका डिएसपी शंकर पोखरेलले जानकारी दिनुभयो । From: OnlineKhabar
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।