अभिनयका लागि घरबाटै पोशाक

नयाँ चलचित्रमा काम गर्ने सहमती भएपछि अभिनेत्री रेखा थापाको पहिलो सर्त हुन्छ ‘पोशाक दामी हुनुपर्छ’ । प्रारम्भमा उनका कुराप्रति कसैले नाई नास्ती गर्दैनन् । तर, काम सुरु भएपछि सहमतीहरु क्रमश तोडिदै जान्छ । नयाँ दृश्यका लागि नयाँ डे्रसको कुरा आएपछि निर्माता सम्पर्कमा आउन चाहँदैनन् । सम्पर्क भैहाल्यो भने पनि सहजै भनिदिन्छन ‘ड्रेसमेनसंग कुरा गर्नु न ।’ ड्रेसमेनको पनि जवाफ त्यस्तै हुन्छ ‘राम्रो छ भने आफै ल्याउनुहोला ।’

कतिपय सिनेमाको छायाङ्कनमा यस्तै अनुभव गरेकी छिन् अभिनेत्री रेखाले । नरमाईलो अनूभुति सुनाउदै उनी भन्छिन ‘पहिला के के न दिउँला जस्तो कुरा गर्छन पछि त साडी समेत राम्रो रंगको दिदैनन् ।’ राम्रो चलचित्र बनाउनेले ड्रेसअपमा समेत ध्यान दिनु पर्ने धारणा राख्ने रेखा केही सिनेमामा शर्मीला मल्लकै पालाको डे्रस लगाएर अभिनय गर्नु परेको गुनासो सुनाउँछिन् । उनलाई लाग्छ राम्रो पोशाक भयो भने मात्रै कलाकारको अभिनय पनि राम्रो हुन्छ’ उनले भनिन् ।

धेरै सिनेमामा ‘पोशाक पक्ष’ कम प्राथमितामा परेको अनुभव गरेकी छिन् अभिनेत्री सञ्चिता लुईटेलले पनि । सिनेमामामा रुपान्तरको वहस गर्नेहरुलाई ड्रेसअपका बारे सोच्न आग्रह गर्छिन् सञ्चिता । उनी भन्छिन्, ‘गीत प्रचार प्रसारको माध्यम भएकोले यसमा केही सचेतता अपनाईन्छ । तर पनि दृष्यमा साह्रै सम्झौता गर्ने चलन छ ।’ कलाकारको पहिरनलाई दर्शकले नक्कल गर्ने आम प्रचलन हो । तर, नेपाली सिनेमाको हकमा यो नियम लागु भएको छैन भन्न पनि उनी पछि परिनन् । वरु उनको सल्लाह छ, ‘अव सडकमा देखिने पहिरनलाई पर्दामा उतार्नुपर्ने चुनौती थपिएको छ ।’ सिनेमालाई साच्चै स्तरिय बनाउने हो भने हिरो हिरोईनको पोशाकको विषयमा सबै निर्देशक सचेत हुनपर्ने बेला भैसक्यो उनी भन्छिन् ‘एउटा चलचित्रमा लगाएको ड्रेस अर्कोमा प्रयोग गर्दा राम्रो हुदैन ।’

त्यसो त भने जस्तो ड्रेस लगाउन नपाउदा अभिनेत्री अरुणिमा लम्साललाई पनि दिक्क लागेको छ । उनी आश्चर्य ब्यक्त गर्दे भन्छिन ‘साठी लाखको सिनेमा बनाउन तम्सिने निर्माता एक लाखको ड्रेस किन्न पनि डराउँछन् ।’ सूरुका दिनमा कतिपय चलचित्रमा आˆनै ड्रेस प्रयोग गरेको उनको अनुभव छ । निर्माताले डे्रेसअपको विषयमा वेवास्ता गरेकै कारण कतिपय अभिनेत्रीले पोशाक आफैले किनेर ल्याउने उनको भनाई छ । उनी भन्छिन चलचित्र ‘धड्कन’मा हामीले ड्रेसमा परिवर्तनको प्रयास गरेका थियौ ।’ धड्कनपछि केही हदसम्म ड्रेसको मामिलामा कलाकार र निर्माणपक्ष उदार भएको पाइयो ।

वास्तवमा सम्झौतै सम्झौतावीच नेपाली चलचित्र निर्माण हुने गरेको छ । ‘तैपनि हिरो-हिरोईनलाई सवैले राम्रो देख्न चाहने हुँदा आवश्यक ध्यान पुर्‍याउन जरुरी ‘लागेको छ अरुणिमालाई । ‘कतिपय अवस्थामा त पोशाक छनौटको लागि समय नै पाईंदैन । भोलि नै सुटिङ छ, जे लगाएर आएपनि हुन्छ भन्नेहरुका लागि के गर्न सकिन्छ र ।’ यो पक्षमा गरिने सम्झौताको सिधा असर कलाकारलाई नै पर्ने हँुदा सवैलाई सचेत रहन आग्रह गर्छिन् उनी । कतिपय अवस्थामा निर्माण पक्षलाई यसको आवश्यकता र महत्व बारेमा वुझाउन सकिने उनको विश्वास छ । धेरै सिनेमामा चरित्र र पोशाकवीच तालमेल नमिलेकोले समग्र सिनेमालाई नै असर पारेको देखेकी छिन् उनले ।

सिनेमा उद्योगमा नयाँ पुस्ताको आगमनसँगै यो पक्ष सुधि्रनेमा नायिका सञ्चिता लुँइटेल आशावादी छिन् । ‘परिवर्तनको विषयमा अपडेट रहनेहरु समेत यो क्षेत्रमा आउन थालेका छन, उनले भनिन, उनीहरुवाट सिक्न सक्नु पर्छ ।’ विदेशी चलचित्रको भड्किलो दृष्यलाई सहजै पचाउनेहरुले नेपाली चलचित्रको सामान्य दृष्यमाथि ‘वढि भयो’ भनेर टिप्पणी गर्ने गरेको उनले पाएकी छिन् । अंगप्रदर्शनकै भरमा सिनेमा चलाउन खोज्नेहरुसँग उनको सहमती छैन । तर चरित्र अनुसारको पहिरनका वारेमा भने धेरै चर्चा नगर्न उनको आग्रह छ । गतिलो डे्रस भएन भन्नेमा सहमती जनाउने अर्कि नायिका हुन् रेजिना उप्रेती । युवा पुस्ताका केही निर्देशकले नयँा ड्रेस किन्ने कुरामा सहमती जनाएपनि पाका निर्देशकहरु यसैमा चलाउ भन्ने मनस्थितीमा रहेको सुनाउछिन् रेजिना । ‘डे्रस कस्तो चाहिन्छ, हामीले नै भनिदिनुपर्छ त्यो पनि ल्याउदैनन् अनि कसरि बन्छ राम्रो सिनेमा ? रेजिनाले प्रश्न गरिन् ।

वास्तवमा पोशाकका मामिलामा नेपाली निमार्ण पक्ष निकै कमजोर देखिन्छ । चलचित्रमा लाखौं रुपियाँ लगानी गर्ने निर्माताहरु पोशाकप्रति अनभिज्ञ ने देखिन्छन् । उनीहरुले खर्च गर्ने पोशाक पनि कलाकारले चाहेजस्तो हुँदैन । नयाँ पोशाक लगाउन चाहने नायिकाहरुले कि त आफैं व्यवस्था गर्नुपर्छ कि त पुरानैमा काम चलाउनु पर्छ । सायद लगानीकर्ताले पोशाकको महत्व बारे नबुझेर नै चलचित्रमा पोशाकले प्राथमिकता नपाएको हुन सक्छ । एक निर्देशक भन्छन, पोशाकमा मात्र होइन, नायिकाहरुले जीवन्त अभिनयमा पनि ध्यान दिनु पर्‍यो । उनी पोशाकका मामिलामा नेपाली सिने उद्योग कमजोर रहेको चाही स्वीकार्छन । From: OnlineKhabar

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।