तिर्थयात्रु सवार बस दुर्घटना, दुईको मृत्यु

६ फागुन, दाङ । प्यूठानको स्वर्गद्वारी दर्शन गरी काठमाडौं फर्कन लागेका तिर्थयात्री सवार बस विहीबार साँझ प्यूठानको भिङ्ग्री गाविस २ भ्यागुतेमा दुर्घटना हुँदा २ तिर्थालुको ज्यान गएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । दुर्घटनामा ज्यान जानेहरुमा काठमाडौं धोबिघाट निवासी ६० बर्षिया नानी केसी र ५८ बर्षिया कृष्णा बस्नेत रहेको अन्चल प्रहरी कार्यालय तुलसीपुर, दाङले जनाएको छ ।

दुर्घटनामा घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर छ । अन्य सातको अबस्था सामान्य छ । गम्भीर घाइते हुनेहरुमा काठमाडौका कृतिजङ्गध्वज कार्की, चन्द्रकुमार कार्की, सबिता बस्नेत र रुपा भट्टराई रहेका छन् । घाइतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ ।

काठमाडौंबाट स्वर्गद्वारी दर्शनका लागि आएका तिर्थालुहरु चढेको बा २ ख ५७५२ नम्बरको भिङ्ग्रीको ओरालोमा ब्रेक फेल भएपछि दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । From: OnlineKhabar

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।