धनगढी, माघ २७ -
अत्तरियाबाट नेपालगञ्जतर्फ गइरहेको से १ ख ६३२ नम्वरको ट्रक पल्टिँदा बुधबार साँझ ६ जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा घाइते एकको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी कार्यलयका अनुसार बुधवार बेलुका सवा पाँच बजे मालबहाक ट्रकलाई क्रस गर्दै गरेको एउटा मोटर साइकल चालकलाई बचाउन खोज्दा ट्रक सडकबाट २१ फिट तल खसेको थियो । अत्तरियाबाट ५ किलोमिटर पूर्व कैलालीकीको श्रीपुर ४ लालपुरमा पर्ने पूर्व पश्चिम राजमार्गको सडक खण्डमा उक्त ट्रक पल्टिएको थियो ।
सडक छेउमै रहेको चिया पसल अगाढी गोलवद्ध भइ घाम तापि रहेका स्थानिय को मृत्यु भएको हो । घटनास्थल पुगेका प्रहरी हवल्दार पदम सिह रावलका अनुसार क्रस गर्न लागेको मोटर साइकल बचाउन क्रममा ट्रक अनियन्त्रित भई चिया पसलमा घाम तापिरहेका स्थानिय लाई कुल्चिने गरि पल्टिउको थियो ।
जिल्ला प्रहरीले मृतकमा श्रीपुर ४का ७० बर्षे करविर सिह खडका, ६५ बर्षे धौले दमाई, ६० बर्षे हरि जोरा, ५३ बर्षे राज बहादुर ऐरी, ६५ बर्षे सलुवा थापा, र ५०/५५ को शेर बहादुर पार्किको घटनास्थलमा नै मृत्यु भएको छ । घाइते ५० बर्षे उमेश जोशीको अवस्था चिन्ताजनक छ । उनलाइ उपचारको लागि भारतको लखिमपुर खिरी रिफर गरिएको छ ।
ट्रक चालक प्रेम बुढाथोकी र खलासी फरार छन् भने गाडी र गाडी मालिक रामशेखर यादव प्रहरी हिरासतमा रहेका छन् । घटनालगत्तै पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । गहुँको आँटा लिएर ट्रक नेपालगञ्जतर्फ गइरहेको थियो । From: Kantipur Online
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।