बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

नवलपरासी , माघ २५ -
पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको माकर-४ दाउन्ने डाँडामा सोमबार मध्यान्ह भएको बस दुर्घटना परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घट्नामा एकको घटनास्थमै, एकको उपचारका लागि लैजादै गर्दा बाटोमा र एकको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी नवलपरासी नयाँ बेल्हानी-८, अरुण खोला बस्ने ४१ बषिर्य जगन्नाथ भण्डारीको घटनास्थलमै, गुल्मि अल्र्यागंकोटका ५५ बषिर्य परसुराम सापकोटाको उपचारका लागि लैजाँदै गर्दा बाटोमै र बर्दियाका सुजन कुमार रिजालको उपचारकेा क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना२ख ६९५० नम्बरको यात्रुबहाक बस मध्यान्ह करिब १२ बजे राजमार्ग सडकको छेउमा एक्कासी पल्टिंदा सो दुर्घटना भएको थियो । दुर्घटनामा परी करिब २० जना घाईते भएका छन् । घाईते मध्ये अझ ७ जनाको अवस्थ्ाा गम्भीर भएको नवलपरासी प्रहरीले जनाएको छ । काठमाडौबाट धनगढीतर्फ आउँदै गरेका बस दुर्घटना परी घाईतेहरुको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भईरहेको र घटना बारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । From: Kantipur Online

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।