भेटिए नक्कली माग्नेबूढा र धुर्मुस


detail article image
पर्वतको आर्थर गाविसमा सञ्चालित 'आर्थर डा“डाखर्क महोत्सव'मा मेरीबास्सै टेलीचलचित्रका सीताराम कट्टेल र केदार घिमिरे देखा परे । सधंै टेलिभिजनमा मात्र उनीहरूको प्रतिभा हर्ेर्ने गरेका र्सवसाधरणहरू उनीहरूलाई प्रत्यक्ष रूपमा आ“खै अगाडि देख्न पाउ“दा निकै दंग थिए । वृद्धवृद्धाहरू पनि माग्नेबूढा र धर्ुर्मुसको कार्यक्रम हर्ेन भन्दै लौरोको सहारामा घण्टौं पैदल हि“डेर महोत्सवमा भेला भएका थिए ।

माग्नेबूढास“ग कराउ“दै धर्ुर्मुस स्टेजमा देखा परेका मात्र के थिए, जनसागरले एकैसाथ ताली गड्काएर उनलाई स्वागत गरे । त्यस्तै धर्ुर्मुसलाई कुट्न भनी झम्टिएर आएका माग्नेबूढालाई पनि सहभागीहरूले ताली बजाएर स्वागत गरे । दुवै कलाकारले एक घण्टासम्म नायक राजेश हमाल, हास्यकलाकार हरिवंश आचार्य, पर्ूवप्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दहाल, एमाले अध्यक्ष झलनाथ खनालको नक्कल गरी सबैलाई ह“साए ।

महोत्सवको चोथौ दिन स्टेजमा देखा परेका कलाकारद्वयले जनताले निर्वाचित गरेर पठाएका ६ सय १ जना सभासद्ले संविधान निर्माण गर्न नभएर भत्ता पचाउने कार्य गरी जनताको भविष्यप्रति खेलबाड गरेको भन्दै व्यंग्य गरी सबैलाई भावुक बनाउ“दै कार्यक्रमबाट बाहिरिए । उनीहरू बाहिरिएलगत्तै दोहोरी गायकहरू तारानाथ आचार्य, मञ्जु लोहनी, पार्वती जीसीले गीत गाएर दर्शकहरूलाई छमछमी नचाए ।

महोत्सवको पा“चौं दिन पनि दर्शकहरूको विशेष अनुरोध गरेपछि माग्नेबूढा र धर्ुर्मुस एउटा ठूलो बोर्ड बोकेर स्टेजमा देखा परे । उनले माग्नेबूढालाई प्रौढ शिक्षा पढाउन ब्ल्याक बोर्ड ल्याएको भन्दै उनलाई पढ्न आउन आग्रह गरेपछि दर्शकको बीच भागबाट माग्नेबूढा कुदेर स्टेजमा आए । दर्ुइ दिनसम्म उनीहरूको प्रस्तुति हेरेर मेरी बास्सैका माग्नेबूढा र धर्ुर्मुस भनी अड्कल काटेका दर्शकहरू उद्घोषक गुरुङले धन्यवाद पोखरेली कलाकार युवराज भण्डारी -माग्नेबूढा) र राजेन्द्र नेपाली -धर्ुर्मुस) लाई भनेपछि सबैले नक्कली माग्नेबूढा र धर्ुर्मुस पो रहेछन् भनी ताली पट्काएर बिदाइ गरे ।

पञ्चासे युवा क्लबले आयोजना गरेको महोत्सवमा आफ्नो गाईजात्रे प्रस्तुति देखाई हास्यकलाकार कमल गाउ“ले सबैलाई ह“साउन सफल भए । आर्थर गाविसलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गराउने उद्देश्यका साथ आयोजित महोत्सवको ४० हजार र्सवसाधरणहरूले अवलोकन गरे । From: Saptahik

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।