बलिउड हिरोइनसँग बिराज

काठमाडौं, माघ १५ (नागरिक)- एन चन्द्राद्वारा निर्देशित 'एक्सक्युज मी' फिल्मकी हिरोइन सोनाली जोशीसँग नेपाली हिरो बिराज भट्टले अभिनय गरेका छन्। बिराज र सोनालीको जोडी नेपाली फिल्म 'शक्तिमान'मा देखिन लागेको हो। फिल्मको सम्पूर्ण सुटिङ मुम्बईमै गरिएको थियो। अहिले मुम्बईमै प्राविधिक कार्य भइरहेको यो फिल्ममा मुम्बईका नेपाली होटल व्यवसायी दीपक अधिकारी र लीलाधर न्यौपानेले लगानी गरेका छन्।

नेपाली हिरोइन पूजना प्रधान पनि यसमा देखिनेछिन्।

तर, उनको जोडी बनेका छन् भारतीय कलाकार विनय आनन्द। खलनायकको भूमिका पुष्कर भट्टलाई दिइएको छ।

एक्सनले भरिपूर्ण यो फिल्मको सुटिङ गर्न बिराजले मुम्बईमा एक महिना बिताएका थिए। फिल्मका भारतीय द्वन्द्वनिर्देशक मोजेस खान बिराजको एक्सनदेखि प्रभावित भएको खलनायक पुष्करले बताए। उनले भने, 'हरेक सटपछि फाइट डाइरेक्टरले बिराजजीलाई अँगालो मार्नुहुन्थ्यो।'

नेपाली दर्शकले फरक स्वाद पाऊन् भन्ने उद्देश्यले फिल्मको सबै काम मुम्बईमा गरिएको निर्माण पक्षले जनाएको छ। फिल्मलाई भोजपुरी भाषामा पनि डब गरिनेछ। भोजपुरीमा चाहिँ फिल्मको नाम 'जावा जिगरवाला' रहनेछ।

यसअघि नेपाली फिल्म 'ताल' निर्देशन गरेका निर्देशक निर्मल केसीले 'शक्तिमान'को कप्तानी सम्हालेका छन्। उनी मुम्बईमै बस्छन्। निर्मललाई क्यामरामा अक्रम खान र नृत्यमा कानुज भाइले सघाएका छन्। From: Nagarik News

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।