१
सन् २०१० का लागि युवातर्फ योगेन भूजेल र युवतीतर्फ अम्विका राई युवा मैत्री केन्द्र शनिश्चरेको शिविर संयोजक पदमा निवार्चित भएका छन् ।
शरणार्थी मामिला सम्बन्धि संयुक्त राष्ट्र संघीय उच्चायोगको आर्थिक लगानी र कारितास नेपालको सञ्चालनमा युवा मैत्री केन्द सातै शिविरमा गठन भएको हो ।
भूजेलले बुद्धराज राई र जय सिवाकोटीलाई ४९ मतको अन्तरले पराजित गरेका हुन् । युवतीतर्फ मंगली माया गुरुङलाई ५३ मतले हराउँदै अम्विका विजयी भईन् ।
शिविर स्तरिय केन्द्रीय कमिटीमा संयोजक, इभेन्ट, खेलकुद, कला र संगीत, आउटरिच एक्टीभिटीज, सामाजिक संयोजक गरि ६ वटा पदमा १ पुरुष, १ महिला गरि १२ जनाको पदपूर्ति हुने छ । त्यस्तै साथी शिक्षक पदमा २ पुरुष २ महिला चुनिने कारितासका अधिकृत फादर पिटरले बताउनु भयो ।
३० जनवारी २०१० का दिन सम्पन्न उक्त निवार्चन, निवार्चन आयोग प्रमुख श्री चम्पासिंह राईको सभापतित्वमा भएको थियो ।
२
तीन दिनअघि १४ बर्षीया एक किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा एकजना भुटानी शरणार्थी पक्राउ परेका छन् ।
बेलडाँगी-१ सेक्टर डी २, छाप्रो नं. १२४ का ३२ वर्षीय भुवानी प्रसाद दियाली शुक्रबार शिविरबाट पक्राउ परका हुन् । उनीविरुद्ध बेलडाँगी १, सेक्टर इ ३ की १४ वर्षीया एक किशोरीका अभिभावकले जवरजस्ती गरेको भन्दै सशस्त्र प्रहरी वेस क्याम्पमा उजुरी गरिएको क्याम्प इन्चार्ज गुणराज बानियाले जानकारी दिए ।
बानियाका अनुसार पिडित किशोरीले आफूलाई शिविर नजिकैको हंसेदुम्से वन क्षेत्रमा माघ १३ गते दिउँसो जवरजस्ती गरेको बताएकी छिन् ।
लाक्पा/कुमार
from:titopiromitho
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।