घरबाट अपहेलितको शौचालयमा वास

कञ्चनपुर, २०६६ माघ १५ -
घरपरिवारबाट अपहेलित कञ्चनपुरको दोधारा कञ्चभोजका ५५ वर्षिय बृद्ध सार्वजनिक शौचालयमा बस्न बाध्य भएका छन् ।

शारीरिकरुपमा असक्त खेम दमाई पाँच वर्षदेखि बाबायान बजारको सार्वजनिक शौचालयमा बस्दै आएका छन् । प्यारालाइसिसका कारण २०४१ सालमा थलिएपछि शारीरिकरुपमा असक्त भएको उनका तीन सन्तान र श्रीमती पनि अन्तै भागिन् ।

श्रीमती हिँडेपछि भाइ-बुहारीको घरमा केही समयका लागि वास पाएको तर केही दिनपछि दैनिकजसो गालीगर्न थालेपछि विवश भएर शौचालयमा बस्नुपरेको उनको भनाइ छ ।

'दुई छोरा कमाउन भारततर्फ गएको वर्षौं भयो, फर्केर आएका छैनन् । घरखेत सबै भाइले हडप्यो'भन्दै बस्नका लागि अन्यत्र ठाउँ नै नपाएपछि शौचालयलाई वासस्थान बनाउनुपरेको उनले बताए । खाना र नानाको जोहो मागेर गर्ने गरेको उल्लेख गर्दै उनले बजार व्यवस्थापन समिति र गाविसले शौचालय खाली गर्न पटकपटक ताकेता गरेको बताए । रासस (From: Ekantipur)

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।