घोराही, दाङ, (नेस), महेन्द्र बहुमुखी क्याम्पस दाङमा बुधबार अखिल क्रान्तिकारीको कुटाइबाट नेविसंघका इकाइ अध्यक्ष राजकुमार डाँगी घाइते भएका छन्।
नेविसंघ र स्ववियुका पदाधिकारीबीच विवाद भएपछि डाँगी कुटिएका हुन्। घाइते डाँगीको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ।
स्ववियु माताहतमा रहेको सल्यानीस्मृति भवन मर्मत सम्भारका लागि खटिएका मजदुरहरूलाई अध्यक्ष डागीले धम्क्याएको र त्यस विषयमा कुरा गर्न खोज्दा स्ववियु सचिव सन्तोष पोख्रेलमाथि हातपात गरेपछि झडप भएको स्ववियुले दाबी गरेको छ। उता नेविसंघले भने आफ्ना अध्यक्ष डाँगीमाथि सांघातिक आक्रमणको दाबी गरेको छ।
घटनापछि स्ववियु कोषाध्यक्ष भूपेन्द्रप्रकाश ओलीलगायत आधा दर्जन विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ। यसैबीच नेविसंघ दाङले अस्पतालमै पत्रकार सम्मेलन आफ्ना जिल्ला सदस्य समेत रहेका डाँगीमाथि सांघातिक आक्रमण गरेको भन्दै विरोध जनाएको छ। घटनाको विरोधमा आज बिहीबार बिहान १० बजेसम्म जिल्ला बन्द गर्ने घोषणा पनि नेविसंघले गरेको छ।
त्यस्तै स्ववियुले पनि विज्ञप्तिमार्फ सचिव पोख्रेलमाथि हातपात भएको र सल्यानस्मृति भवनमा समेत तोडफोड भएको उल्लेख गर्दै स्ववियु निर्वाचनको परिणाम स्वीकार गर्न नसकेर नेविसंघले आफ्ना पदाधिकारीमाथि निरन्तर आक्रमण गरिरहेको जनाएको छ।
यसअघि नेविसंघको वर्चस्व रहँदै आएको स्ववियुमा गत वर्षअखिल क्रान्तिकारीको प्यानलै विजयी भएपछि दुई संगठनबीच विवाद हुँदै आएको छ। यसअघि नेविसंघका इकाइ अध्यक्ष डाँगीको कुटाइबाट स्ववियु कोषाध्यक्ष भूपेन्द्रप्रकाश ओली घाइते भएका थिए। from-nepal samacharpatra
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।