- ऋषिराम कट्टेल
हाँस्य टेलिश्रृंखला तितोसत्य टेलिभिजनको पर्दामा प्रशारण शुरु भएको साढे छ वर्ष भैसक्यो । यति लामोसमय वित्दा पनि यो कार्यक्रम दर्शकमाझ अझै उतिकै लोकपि्रय रहेको छ । पाँच वर्षदेखि प्रशारणर भैरहेको जिरेखुर्सानी र तीन वर्षदेखि प्रशारण हुँदै आएको मेरी वास्सै हाँस्य टेलिश्रृंखला पनि दर्शकका दृष्टिमा मन पराइदै आएका कार्यक्रम हुन ।
टेलिभिजन कार्यक्रमसँग सम्बन्धित एसी नेल्सन नामक संस्थाले गरेको दर्शक सर्भेक्षणमा नेपाली टेलिभिजन च्यानलबाट प्रशारण हुने मध्ये तितोसत्य पहिलो, मेरी वास्सै दोस्रो, जिरे खुर्सानी तेस्रो र नेपाल टेलिभिजनको समाचार चौथो स्थानमा रहेका छन । लामो सिरीयलमा दर्शक झुम्मिरहेका बेला शुरु भएको हाँस्य टेलिसिरियले अन्य सिरियलको प्रभावलाई कम गरेको पनि सर्वेक्षणको ठहर छ । ठुलो पर्दाको बजार धरासयी भएपछि ठुलो पर्दाका हस्तीहरू एकताका टेलिश्रृंखलामा आएका थिए । एक समय चलचित्र कलाकार/निर्देशकको लागि सानो पर्दा कामको केन्द्र नै बनेको थियो । पुष्पाञ्जली, तिमी पुरुष, वंश, गहना, जानकी, कसलाई आˆनो भनुँ लगायतका सिरीयल एकताका दर्शकमाझ लोकपि्रय पनि बने, तर समयक्रम बदलिदै जाँदा यस्ता कार्यक्रमहरू क्रमश सकिदै गए । अहिले नेपाली टेलिभिजनका पर्दामा हाँस्य टेलिश्रृंखलाहरूको नै वर्चश्व छ । टेलिश्रृंखला समेत निर्देशन गरेका निर्देशक/कलाकार रमेश बुढाथोकी भन्छन ‘हरेक कुराको समय हुन्छ, अहिले हाँस्य सिरीयलको क्रेजले यस्तो अवस्था सिर्जना भएको हो ।’
नेपाल टेलिभिजनमा साढे ६ वर्ष पहिले शुरु भएको तितोसत्यको प्रशारणसगै हाँस्य सिरीयल निर्माण र प्रशारणमा बहार नै आयो । त्यसयता जिरे खुर्सानी, मेरी वास्सै, हुदै पछिल्लो समयमा ‘भै गो नी त’सम्म आएको छ । योवीचमा ‘लौ मार्यो’, ‘श्रीमती जिन्दावाद, ५२ घुस्सा ५३ ठक्कर, आम्मै, माछो माछो भ्यागुतो, एक्सक्युजमी, हाफ व्वाइल, गुरुमन्त्र, गोर्खेलौरी, सन्तान थरीथरीका, पोथी बास्यो, यस्तै रहेछ यहाँको चलन’ लगायतका दर्जनौ सिरीयल प्रशारणमा आए । हाँस्य सिरीयलको बाढी आए पनि कतिपय छेउ न टुप्पोका भएकै कारण कतिपय बन्द भएका छन । ‘राम्रा विषयबस्तु समेटेका राम्रा प्रस्तुति पस्कने हाँस्य सिरीयलको क्रेज अझै घटेको छैन’ हास्यकलाकार जितु नेपाल भन्छन । पछिलो समयमा लामो समयदेखि प्रशारण हुदै आएका हाँस्य श्रृंखलाको समेत प्रस्तुति, विषयबस्त कमजोर बन्दै गएको गुनासो पनि आउने गरेको छ । चलिरहेका कतिपय कमेडी सिरीयलमा धेरै कलाकारहरू संधै एकैखाले भूमिकामा देखा परिरहेका बताउँछन लेखक तथा चलचित्रकर्मी प्रकाश सायमी । प्रशारणर भैरहेको हाँस्य टेलिश्रृंखला ‘झ्याँइकुटी झ्याईँ, भैगो नी त’लगायतका अहिले प्रशारण भइरहेका केही सिरीयलको कथा, प्रस्तुति, कलाकारको अभिनय हेर्दा धेरै कुराको तालमेल मिलेको देखिदैन । तर यी केही बाहेक तीतोसत्य, मेरी वास्सै, जीरेखुर्सानी लगायतका हास्य सिरीयलहरू दर्शकलाई हास्यब्यंग्यमार्फत मनोरञ्जन दिन अगाडि नै छन् । नेपाल टेलिभिजनमा सर्वाधिक हेरिने तीतोसत्यको पछिल्लो संस्करणको विषयबस्तु र प्रस्तुतिमा फितलोपन आएको देखिन्छ, यसले टेलिभिजन कार्यक्रममै १४ देखि १७ मिनेटसम्मको विज्ञापन पाइरहेको छ । यसले प्रतिभाग एक लाख ३५ हजार पाउँछ भने प्रति महिना यो रकम ५ लाख ४० हजार हुन आउँछ । यो नेपाली सिरीयलको क्षेत्रमा निकै ठुलो बजेट हो । घतलाग्दा ब्यंग्य र नयाँ कथाहरूको सिर्जनाका कारण लोकपि्रय रहेको जिरेखुर्सानी पनि पछिल्लो समयमा कम लोकपि्रय बनेको छैन । लोकपि्रय कलाकारहरूको अभिनय र पहिलेभन्दा पृथक प्रस्तुतिका कारण अहिलेसम्म दर्शकले उत्तिकै रुचाएको दावी गर्छन निर्देशक तथा कलाकार जितु नेपाल । ‘मह पनि धेरै खायो भने तितो हुन्छ’ जितु भन्छन ‘४/५ वर्षसम्म निरन्तर हँसाइराखेका छौ, तैपनि हामीले पहिलेभन्दा केही परिवर्तन गरेर दर्शकमाझ आइरहेका छौ । त्यसैले दर्शकले मन पराइदिनु भएको छ ।’ अहीले जिरेखुर्सानीले प्रतिश्रृंखला १ लाख २० हजार रुपैयाँ पाउदै आएको छ । त्यस्तै मेरी वास्सैले ८० हजार पाउने गर्छ । अन्य पारिवारिक सिरीयलले भने ४० हजार भन्दा बढि पाएका छैनन् ।
लामो समय देखिको हाँस्य सिरीयलको क्रेजले धेरै कलाकारलाई नामसँगै आर्थिक हैसियत, घर जग्गादेखि कारसम्म चढ्ने अवस्था सिर्जना गरिदिएको छ । पछिल्ला केही वर्ष यता टेलिभिजनका पर्दामा आएको हाँस्य सिरीयलको बाढीसँगै धेरै कलाकार अपत्यरिलो ढंगले नाम सँगै दाम कमाइरहेका छन् । हाँस्य सिरीयल बनाउने तथा अभिनय गर्ने धेरैले घर जोडिसकेका छन भने कतिपय जोड्ने तयारीमा छन् । दिपकराज गिरी, जितु नेपाल, केदार घिमीरे, गोपाल नेपाल फिष्टे लगायतले यसै क्षेत्रको कमाईले राजधानीमा घर बनाइसका छन् । टेलिभिजनका अधिकांश हाँस्य सिरीयलको निर्माता रहेको बाइङ एजेन्सी मिडिया हवका प्रमुख सोम धिताल फरक ढंगले प्रस्तुत गर्दै लगेकोले हाँस्य सिरियलको लोकपि्रयतामा कुनै कमी नआएको बताउँछन् । अहिले विभिन्न टेलिभिजन च्यानलमा यी हास्यश्रृंखलाबाहेक प्रशारणको लागि झण्डै दुई सय ५० सिरीयलका डमी लाइनमा छन । मिडिया हवमा मात्रै प्रशारणका लागि ७० भन्दा बढि डमी लाइनमा रहेका छन् । From: Online Khabar
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।