दमक, २०६६ माघ ८ -
झापाको भूटानी शरणार्थी शिविर बेलडाँगी १ मा भएको आगलागीमा परेका विचल्ली शरणार्थीलाई शुक्रबार विभिन्न दातृ निकायले बन्दोबस्तीका सामाग्री लगायत खाद्यान्न उपलब्ध गराएका छन् ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाले भाँडाबर्तन १सय२४ थान, व्लाङकेट, ६२, कपडा ५४ थान उपलब्ध गराएको छ । क्यारिटस नेपालले सिरक २८, कराई २८, मख ७६, जग १५२, टावेल ७६ उपलब्ध गराएको संस्थाको स्टोर तथा लजिस्टिक अफिसर पुन्य प्रसाद पराजुलीले बताए ।
यसैगरी शरणार्थीहरुको स्वेच्छिक दानबाट संकलन गरीएको बेलडाागी २ क्याम्प व्यवस्थापन समितिले २ सय ८१ केजी चामल, ८ बोरा भाँडा, लत्ता कपडा उपलब्ध गराएको क्याम्प सचिव नारदमुनी सन्यासीले बताए । यसै गरी स्वच्छिक दान संकलन केन्द्रबाट ६ हजार ६ सय ४० रुपयाँ आर्थिक संकलन गरिएको स्थानीय शरणार्थी पत्रकार अर्जुन प्रधानले बताए ।
यसैबीच शुक्रबार विचल्नीमा परेका भूटानी शरणार्थीलाई आपतकालिन सहयोग जुटाउन शरणार्थी समन्वय इकाइका प्रमुख तथा सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ पोखरेलले प्रभावित क्षेत्रलाई अनुगमन गर्दै चाँडै नेपाल सरकारको अगुवाईमा शरणार्थीलाई पुनस्थपनाको लागि बन्दोबस्ति अगाडि बढाउँने बताए ।
पोखरेलका अनुसार सम्पूर्ण दातृ निकायको सहयोग लिँदै जिल्ला दैवी प्रकोप समिति झापाको तत्काल सहयोग जुटाउने भएको छ ।
बुधवार राति पौने १० बजे भूटानी शरणार्थी शिविर बेलडाँगी १ मा भएको आगलागीमा जलेका तथा भत्काईएका समेत गरी ७६ छाप्रा नष्ट भएका थिए भने २ सय बालबालिका सहित ३ सय ७६ जना शरणार्थी विस्तापित भएका छन् । आगलागीबाट डेढ करोड रुपैंया बराबरको धनमाल नष्ट भएको शरणार्थी रेखदेख निकायहरुको एक अनुगमन समितिले जानकारी दिएको छ । हाल शरणार्थीहरु ग्रीन भ्याली एकाडेमी र महिला मञ्चको कार्यालयमा आपातकालिन व्यवस्थापन समितिले व्यवस्थापन गरी सामुहिक खानपीन गराउँने र सुताउने व्यवस्था गरेको छ । साभार: कान्तिपुर अन्लाईन
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।