बझाङ/ बझाङस्थित राष्ट्रिय वाणिज्य बैंकबाट चोरी भएको केही सुन प्रहरीले बरामद गरेको छ । बैंकबाट सात किलो छ सय ६६ ग्राम सुन चोरी भएकामा प्रहरीले ११ तोला १० आना सुन बरामद गरेको हो ।
बैंक चोरी घटनामा संलग्न रिठापाटा गाविस ६ का हिक्मत खड्काको घरको भुइँतलामा लुकाएर राखिएको अवस्थामा प्रहरीको टोलीले फेला पारेको हो । सो सुन लुकाउने काममा संलग्न रहेकी उनकी आमा जोगादेवी खड्का र स्थानीय कौशिल्या खड्कालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
खड्काले आफ्ना दाइ नाता पर्ने प्रमोद खड्कालाई भारतबाट घरमा गाडेर राखेको सुन ल्याउन पठाएका थिए र उनी सो सुन लिएर फरार भएका छन् । हाल प्रहरीले सम्भावित ठाउँमा उनको खोजी गरिरहेकोे प्रहरी नायब उपरीक्षक वसन्तकुमार पन्तले बताए । गत दसैँबिदाको समयमा उक्त बैंकमा चोरी भएको थियो ।
यसरी बैंकमा चोरी गर्नेहरूमा खड्कासहित चैनपुर गाविस— १ का २६ वषर्ीय मिलन राय र चौधारी गाविस— ९ घर भई हाल चैनपुर— १ मा बस्ने ३६ वषर्ीय मनोज भण्डारीको पहिचान भएको बझाङ प्रहरी कार्यालयले जनाएको छ । उनीहरूको संलग्नता प्रमाणित भए पनि चारैजना भारतमा रहेकाले पक्राउ गर्न नसकिएकोे प्रनाउ पन्तले बताए। साभार: नयाँ पत्रिका
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।