भुटानी दलहरुको भारतलाई आग्रह

प्रवासमा रहेका भुटानी दलहरुको साझा मोर्चा नेशनल फ्रण्ट फर डेमोक्रेसीले शरणार्थी समस्या समाधानका लागि भुटानी नरेश जिग्मे खेसार नाम्ग्याललाई दबाव दिन भारत सरकार समक्ष आग्रह गरेको छ ।
संगठनका अध्यक्ष बलरामा पौडेलले आज भारतका प्रधानमन्त्री मनमोहन सिंहलाई ज्ञापन पत्र पठाइ भारत भ्रमणमा रहेका भुटानी नरेशलाई आफ्ना नागरिक घर फर्काउन दबाव दिन आग्रह गर्नु भएको हो ।


पत्रमा ससम्मान घर फिर्न चाहने शरणार्थीको आत्मसम्मानको रक्षा गर्न नरेशनलाई आग्रह गर्न भनिएको छ । विभिन्न ६ सुत्रिय माग अघि सार्दै मोर्चाले भुटानमा प्रजातन्त्रको बहाली भएको भनिएपनि त्यस्ले बास्तविक रुपमा जनता सुखी हुन नसकेको दाबी गरिएको छ ।
पाँचौ राजाका रुपमा गद्धीसीन भएका नरेशलाई वर्तमानको अवस्था बुझेर शासन गर्न सुझाव पनि दिइएको छ ।
शरणार्थीको स्वदेश फिर्तीको पक्षमा आन्दोलन गर्दै आएको मोर्चामा भुटान पिपुल्स पाटी, नेशनल फ्रण्ट फर डेमोक्रेसी र भुटान गोर्खा प्रजातान्त्रिक पार्टी संलग्न छन् ।

उक्त पत्र जस्ताको तस्तै
page1

page2

Source: titopiromitho.com

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।