दुई निर्माताका आफ्नै डम्फू

भाइटीकाको दिनदेखि उपत्यका बाहिरका हलमा प्रदर्शनमा आएका दुई चलचित्रका निर्माताले आआफ्नो चलचित्रको व्यापार उत्कृष्ट रहेको दावी गरेका छन् । यतिबेला उपत्यका बाहिरका हलमा चलचित्र ‘हाम्रो माया जुनी जुनीलाई’ र ‘म छु नि तिम्रो’ प्रदर्शन भईरहेका छन् । यी दुई चलचित्र प्रदर्शनमा आउनु अघि नै चर्को प्रतिस्पर्धामा रहेका थिए । प्रदर्शनमा आएपछि यी चलचित्रका निर्माताले आफ्नो चलचित्र माथि रहेको दावी गरेका छन् ।

सबैभन्दा पहिला कुरा गरौं, चलचित्र ‘हाम्रो माया जुनी जुनीलाई’को । प्रदिपकुमार उदयको निर्माणमा ऋषि लामिछानेले निर्देशन गरेको यो चलचित्रले मोफसलका केही हलमा रेकर्ड ब्रेक गरेको दावी यसका निर्माताले गरेका छन् ।

शुक्रबारका दिन भाइटीका परेकाले चलचित्रको व्यापार राम्रो नरहेको स्वीकार गर्दै शनिबारका दिन यो चलचित्रले अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट व्यापार गरेको दावी यसको निर्माण पक्षले गरेका छन् । चलचित्रको प्रचारप्रसारका लागि यसका निर्माता, निर्देशक ऋषि लामिछाने तथा नायक मुकेश ढकाल मोफसलका हल हलमा पुगिरहेका छन् । चलचित्र ‘हाम्रो माया जुनी जुनीलाई’ले शनिबार पूर्वका आधा दर्जन चलचित्र हलमा अहिलेसम्मकै सबैभन्दा राम्रो व्यापार गरेको रिपोर्ट यसका निर्माताले दिएका छन । निर्माता प्रदिपकुमार उदयका अनुसार चलचित्रले गतवर्ष प्रदर्शनमा आएको सबैभन्दा बढी व्यापार गर्न सफल चलचित्र ‘गोर्खा पल्टन’को भन्दा माथि व्यापार गरेको छ ।

चलचित्रका निर्देशक ऋषि लामिछानेले आफ्नो चलचित्रसँगै प्रतिस्पर्धामा आएको चलचित्र ‘म छु नि तिम्रो’को व्यापार आफूहरुको सिनेमा भन्दा कमजोर रहेको दावी पनि गरे । उनले भने – ‘अधिकांश हलमा यो चलचित्र पछाडि छ । हाम्रो चलचित्रसँग यो सिनेमाको त तुलना नै गर्न मिल्दैन ।’ उनले यतिसम्मको दावी गरे की शनिबार दमकमा बिहानी शो मा ‘हाम्रो माया जुनी जुनीलाई’ ले २२ हजारको व्यापार गरेको छ । तर, दमकमै २ हलमा चलेको चलचित्र ‘म छु नि तिम्रो’ले १७ र १३ सयको व्यापार गरेको छ ।

तर, स्थानीय केही पत्रकार भने दुवै चलचित्रले राम्रो व्यापार गरेको बताउँछन् । पूर्वका सवै हलमा दुवै चलचित्रको व्यापार शनिबार राम्रो भएको उनीहरुको भनाई छ । चलचित्र ‘हाम्रो माया जुनी जुनीलाई’ का निर्माताले आफ्नै दावी गरिरहँदा चलचित्र ‘म छु नि तिम्रो’का निर्माता रोज राणाले भने आफ्नो सिनेमा धेरै माथि रहेको बताएका छन् । उनले भने – ‘शुक्रबार त भाइटीकाका कारण चलचित्रको व्यापार राम्रो भएन, तर शनिबार निकै राम्रो भयो ।’ शनिवार भन्दा पनि आइतबार आफ्नो चलचित्र माथि रहेको उनको दावी छ । रोजले

शनिबार पोखरामा ‘म छु नि तिम्रो’ले ८५ हजारको व्यापार गरेको बताए । तर, रोज र प्रदिपको भनाईलाई मान्ने हो भने पोखरामा चलचित्र ‘हाम्रो माया जुनीजुनीलाई’ माथि रहेको स्पष्ट देखिन्छ ।

तर रोजले भने पोखरामा आफ्नो सिनेमा माथि रहेको बताए । चलचित्र ‘म छु नि तिम्रो’ शनिबार भन्दा पनि आइतवार राम्रो व्यापार गर्न सफल भएको उनको भनाई छ । चलचित्रको

कथावस्तु अत्यन्तै राम्रो रहेको दावी गर्दै रोेजले भने – ‘म काठमाडांै र्फकने बित्तिकै पत्रकारहरुलाई यो चलचित्र देखाउँछु ।’ यसरी, एकसाथ जुधेका यी सिनेमाका निर्माताले आआफ्नै चलचित्रको डम्फु फुक्न छोडेका छैनन् । आफ्नो चलचित्र भन्दा अरुको सिनेमा राम्रो चलेपनि यथार्थता स्वीकार गर्न नसक्ने नेपाली निर्माताको पुरानै रोग यी दुई चलचित्रको प्रदर्शनको समयमा पनि देखिएको छ । तर, दुवै चलचित्रका निर्मातालाई हाम्रो आग्रह, चाडपर्वको समयमा शनिबारको व्यापारले मख्ख परिहाल्ने अवस्था छैन । किनकी, एक दिनको व्यापारले मात्र चलचित्रको लगानी उठ्दैन । कि कसो निर्माता ज्यूहरु ?

साभार: अनलाईन खबर

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।