भुटानीलाई समर्पित गर्दै एल्वम

स्वर्गीय गोपाल भुटानीको जीवनकथामा आधारीत रहेर तयार पारिएको ‘पहिचान’ वोलको गीतको भिडियो हेर्दै गर्दा उपस्थित धेरै अतिथीको आँखा रसाए । भुटानीको जन्मदेखि निधनसम्मका दृश्यहरु समावेश गरिएको यो गीतले साच्चै नै सवैको मन छुने छ । भुटानीको जीवनकथालाई गीतमा ढालेका हुन्, गीतकार हरि विष्टले । द्धन्द कलाकार राजेन्द्र खड्गीको चेलाको रुपमा रहेका विष्टले स्वर्गिय भुटानीलाई समर्पित गर्दै विछोडमा नामक एल्वम वजारमा ल्याएका हुन् ।

उनको यो एल्वमको काठमाडौंमा आज आयोजना गरिएको कार्यक्रममा चलचित्र विकास वोर्डका अध्यक्ष गणेश भण्डारीले विमोचन गरे । यो एल्वममा ७ गीतहरु समावेश गरीएको छ । हरि विष्टको एकल शब्द समावेश गरिएको यो एल्वममा वि.वि अनुरागी, मनोज राज भण्डारी, यज्ञ गिरीको संगीत रहेको छ ।

एल्वममा राजेश पायल राई, मनोजराज, अर्जुन सुनाम, कमल खत्री, जुनु रिजाल, टिका पुन र सुधा रत्नको आवाज रहेको छ । कार्यक्रममा, एल्वममा समावेश गितका ४ म्युजिक भिडियो समेत प्रस्तुत गरिएको थियो

जसमा, २ गीतलाई शोभीत वस्नेतले निर्देशन गरेका हुन् भने एक गीतलाई प्रसन्न पौडेलले । एक गतमा भने गोपाल भुटानीको जीवनदेखि निधन सम्मका कथाका दृश्यहरु समावेश गरी तयार पारिएको छ । यो एल्वमवाट उठेको केही रकम गोपा्ल भुटानीको फन्टलाई सहयोग गरिनेछ ।

- अनलाईन खबर

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।