आफ्नै फिल्म रिलिज भएको निर्देशकलाई पत्तो छैन

काठमाडौं, असोज २९ (नागरिक) - फिल्म रिलिज भएको र उत्रिएको दर्शकलाई पत्तो नहुनु त राजधानीमा सामान्य हुन थालेको छ। तर, आफ्नो फिल्म रिलिज भएको जानकारी नपाउने निर्देशक पनि भेटिन थालेका छन्।

राजधानीका भित्तामा पोस्टर देखेपछि मात्र आफूद्वारा निर्देशित फिल्म 'राज्य' रिलिज भएको रामजी लामिछानेले थाहा पाए। 'फिल्मको काम पूरा गरेपछि निर्माण पक्षसँग केही झमेला भएको थियो। सायद त्यसैले मलाई खबर गरेनन्,' रिलिजको बेला फिल्मको प्रचारप्रसारमा सहयोग पुर्‍याउन नपाएकोमा उनलाई दुखेसो छ।

'आफ्नो खर्चमा पब्लिसिटी गर्न सक्दिनँ। निर्माताले मसँग इख लिएर यसो गरे पनि घाटा उनीहरुलाई पनि पर्ने हो,' सातौं फिल्म 'प्रेमिका'को डबिङमा व्यस्त लामिछानेको 'राज्य' दोस्रो फिल्म हो।

फिल्म गुपचुपमै रिलिज हुँदा निर्देशकले पाउने 'माइलेज'बाट विमुख रहनुपर्ने उनले बताए। प्रभुशमशेर राणाले बनाएको यो फिल्मको निर्माणमा लेनदेनलाई लिएर नराम्रो अनुभव बटुलेको उनको अनुवभ छ। राजधानीबाहिर दुई वर्षअघि नै रिलिज भएको फिल्ममा रमित ढुंगाना, सुमन सिंह, झरना थापा, उषा पौडेललगायतले अभिनय गरेका छन्।

- नागरिक न्युज

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।