देशी गर्ल अब गायिका

बियोन्से, जेनिफर लोपेज, लेडी गाडा अनि अब 'देशी गर्ल' अर्थात् पि्रयंका चोपडा । खबर के छ भने पि्रयंका अब नायिका मात्रै हैन गायिका पनि बन्दै छिन् । युनिभर्सल म्युजिक ग्रुपले पि्रयंकासँग ग्लोबल रेकर्डिङको करार सम्झौता गरेको छ ।

पि्रयंकाको यो उपलब्धिमाथि उनका सहकर्मी तथा साथी शाहरुख खानले टि्वटरमा लेखेका छन्, 'मिस वल्र्डको लडाइँ जितेकी एक सानी युवतीले हामीलाई गौरवान्वित तुल्याएकी छिन्, जाऊ अब संगीतको दुनियाँ पनि जित ।' यसको केही समयअघि निर्देशक तथा साथी परहान अख्तरले पनि टि्वटरमा दिलको कुरा खोलेका थिए, 'अन्ततः युनिभर्सल म्युजिक ग्रुपसँग ग्लोबल रेकर्डिङ डिलको साथ पि्रयंका पप म्युजिकको स्टेजतिर आएरै छाडी, यस्तो लाग्दै छ, यो उनको गायन करिअरको पहिलो फड्को हो ।'

युनिभर्सल म्युजिक र देशी हिट्सको साथ हुने ग्लोबल डिलपछि पि्रयंका देशी हिट्सका साथ उत्तरी अमेरिकामा आफ्नो पहिलो म्युजिक एल्बम सार्वजनिक गर्नेछिन् । विश्वभर पि्रयंकाको म्युजिक करिअरको व्यवस्थापन जिम्मा भने एटक फयाक्ट्रीका प्रमुख कार्यकारी अफिसर ट्राय कार्टरले गर्नेछन् । कार्टरले लेडी गागाको म्युजिक करिअर पनि सम्हान्छन् ।

२९ वषर्ीया पि्रयंकाले यसअघि पश्चिमी शास्त्रीय संगीतको ट्रेनिङ लिएकी थिइन् । हाल उनी स्टुडियो आफ्नो स्वर परीक्षण गरिरहेकी छन् र आफ्नो पहिलो पप एल्बमका लागि गीत पनि लेखिरहेकी छन् । जुन, कम्पनी र समूहसँग उनको म्युजिक करिअरको सम्झौता भएको छ यसले राम्रै कारोबार गर्ने अनुमान लगाइएको छ ।

यो सम्झौताले पि्रयंकाका पुरानो सपना पूरा भएको छ । 'ग्लोबल प्लेटफार्ममा आफ्ना नयाँ प्रतिभा लैजाने जुन मौका मिलेको छ, यसबाट म अत्यन्त खुसी छु,' उनले भनिन् । सामाजिक सञ्जाल टि्वटरमा पि्रयंकाका १० लाखभन्दा पनि बढी फयान छन् । फेसबुकमा उनलाई चाहनेको संख्या मात्र २५ लाख छ । पि्रयंकामाथि माइकल ज्याक्सनको गहिरो प्रभाव थियो । उनलाई मन पर्ने म्युजिक आइकोनमा रिहाना, बियोन्से र लेडी गागा हुन् ।

साभार- ईकान्तिपुर

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।