सञ्चिताका पहिलो पतिको खुलासा

बलिउडमा चलचित्र बडिगार्ड प्रदर्शनको चर्चा चुलिदा नेपालमा भने नेपाली चलचित्र बडिगार्डका बडिगार्डको रहस्य उदघाटन भएको छ । यो रहस्योद्घाटन सँगै नेपालको फिल्म नगरीमा पनि नेपाली बडिगार्डको चर्चा चुलिनेमा दुई मत छैन । बलिउड चलचित्र 'बडिगार्ड' का बडिगार्ड सलमान खानलाई नै ओझेलमा पार्ने बडी भएका नेपाली बडिगार्डको वास्तविक परिचय खुलेको छ ।

आफ्नो चलचित्र बडिगार्डका लागी फेसबुक मार्फत रित्तिक रोशन जस्तो बडिगार्ड अर्थात नायक खोजेका निर्माता शुशिल पोखरेलले भेटाएका बडिगार्डको हामीले पत्ता लगाएका छौ । शुशिलले यसअघि बडिगार्ड हुने नायकको अनुहार लुकाएर चलचित्रको पोस्टर समेत सार्वजनिक गरेका थिए । उनले ति नायकको नाम असलन शाह रहेको समेत बताएका थिए । आफुलाई इमेलबाट उनले फोटो पठाएको र त्यहि तस्विरका आधारमा नायकको छनौट गरेको शुशिलले बताउदै आएका थिए । उनले असलनको बारेमा धेरै कुरा नभन्ने भन्दै उनको घर काठमाडौको पुतलीसडकमा भएको बताएका थिए ।


तर लामो समय समयदेखि बिदेशमा अभिनयको प्रशिक्षण लिइरहेका यि ब्यक्ति अर्थात शुशिलका बडिगार्ड अरु कोही नभएर नायिका सञ्चिता लुइटेलका पहिलो पति आकाश शाह भएको रहस्य खुल्नमा आएको छ । एक बिश्वस्त शुत्रले दिएका जानकारी अनुसार केही वर्ष देखि बिदेशमा रहेका आकाशले त्यहाँ रहँदा आफ्नो शरिर मेन्टन गर्नुका साथै अभिनयको प्रशिक्षण समेत लिइरहेका छन् ।


नायिका सञ्चितासंग प्रेम बिबाह गरेका आकाश र सञ्चिता करिब सात बर्ष सँगै बसेका थिए । सोही समयमा आकाश मुम्बईमा सघर्ष गर्न गएका थिए । त्यति बेला नायिका लुइटेलले उनलाई मासिक खर्च समेत पठाउने गरेकी थिईन् रे ! हुन त एउटा उखानै छ नि 'जता जता काफल पाक्छ उतै उतै चरी नाच्छ'। हो सञ्चिताले त्यहि गरिन् अर्थात् सर्घष गरिरहेका आकशलाई छोडेर तत्कालिन समयका चर्चित नायक निखिल उप्रेतीसँग बिबाह गरिन् । तर समय सधै एकै नाश कहाँ रहन्छ र ? अहिले नायक निखिल कुन कुनामा पसेका छन् कसैलाई पत्तो छैन । यता नायिका सञ्चिता पनि पछिल्लो १ वर्ष भन्दा बढी समय चलचित्रबाट हराएपछि अहिले आमा बन्दैछन् । यसैबेला मौसम परिवर्तन भएको छ । अर्थात आकाश शाह भने नयाँ जोश र जाँगर लिएर भित्रदै छन् नेपाली चलचित्रमा ।


आकाशका ६ सय भन्दा बढी फोटोहरु हेरेका निर्माता शुशिल पोखरेलले भनेका थिए, 'उ हरेक कोणबाट हिरो देखिन्छ । नेपालमा हिरोको कमी भै रहेको बेला उसले चलचित्र उद्योग खान्छ ।' आकाशको यसरी प्रसंसा गर्दै उनलाई डेब्यु गराउन लागेका छन् निर्माता पोखरेलले । तर किन उनले हिरोको नाम ढाँटे भन्ने बारे बुझ्न सकिएको छैन ।

त्यसो त चलचित्रमा लागे पछि नाम फेर्ने कलाकारहरुको रोग यि नव प्रवेशी आकाशलाइ पनि लागेर उनले नाम ढाटेका हुन् कि या नायिका सञ्चिता सँग जोडीएको आफ्नो परिचय मेट्न नाम परिवर्तन गर्न लागेका हुन् त्यो त आकाशलाई भेटे पछि मात्रै थाहा होला । जे भए पनि नव प्रवेशी बडिगार्डलाई हाम्रो शुभकामना !

साभार - फिल्मी खबर

1 प्रतिकृया/हरु:

rex chand said...

yastai ho nepali heroin ko katha byatha,hamile kehi vannai pardaina

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।