महानगरको सपनामा सेलिब्रिटी कतिको विश्वास गर्छन्?

काठमाडौं, असार २७ (नागरिक)- काठमाडौं सहरलाई सुशासन, स्वच्छता र उज्यालोले भरिएको 'स्वप्ननगरी' बनाउने उद्देश्यसहित आइतबार घोषणापत्र सार्वजनिक भएको छ। काठमाडौं महानगरपालिकाले तयार पारेको एक सय ६१ बुँदे घोषणापत्रमा लोभलाग्दा योजनाहरू सजिएका छन्। पार्किङका लागि बहुतले भवनहरू बनाइने योजनाले अभिनेत्री रेखा थापा दंग परिन्। 'योजना त निकै राम्रा छन् तर लागु हुनसक्ला र?' उनलाई शंका छ।

पाँच वर्षभित्र काठमाडौंको साक्षरता सतप्रतिशत बनाइने योजना चाहिँ साहित्यकार कृष्ण धरावासीलाई असम्भव लाग्यो। उनलाई यसमा ५ प्रतिशतमात्र विश्वास लाग्यो। उनले शुन्य प्रतिशत पनि पत्यार गर्न नसकेको चाहिँ फुटपाथको व्यापार हटाउने भन्ने हो। अनुभव सुनाए, 'युरोपमै त हटाउन सकिएको छैन, काठमाडौंमा कसरी सकिन्छ?'

कालो प्लास्टिक हट्नेमा चाहिँ उनी सय प्रतिशत विश्वस्त छन्। भन्छन्, 'कालो किन चाहियो, सेतो बोकिहाल्छन् नि।'

सडकगल्लीमा सोलार बत्ती जडान गर्न सकिए पनि जोगाउन मुश्किल हुन्छ भन्ने चिन्ता संगीतकार शम्भुजित बास्कोटाको छ। सुझाव दिन्छन्, 'गुलेली हान्नेबाट जोगाउनुपर्छ।' खानेपानीको वैकल्पिक स्रोत व्यवस्थित होला भनेर हेमन्तलाई १० प्रतिशतमात्र विश्वास छ, 'मेलम्ची त धेरै टाढा छ।'

सुरक्षाको कारणले २४ घन्टा चल्ने सार्वजनिक यातायातको थालनीमा समस्या होला भन्ने चित्रकार सरिता डंगोललाई लागेको छ। यसमा उनी २० प्रतिशतमात्र विश्वास गर्छिन्।

महानगरका केही मुख्य योजनाहरू यथार्थमा परिणत होलान् भन्नेमा यी पाँच सेलिब्रिटीहरूलाई कति प्रतिशत विश्वास छ? संक्षिप्त जवाफ :

१८ वर्षमुनिकालाई चुरोट मदिरा खरिद बिक्रीमा रोक लगाइनेशम्भुजित बास्कोटा : ५०रेखा थापाः १कृष्ण धरावासीः ५हेमन्त शर्माः ३०
सरिता डंगोलः ५०

सार्वजनिक यातायात २४ घन्टा चलाइनेशम्भुजित : ९०रेखाः ९९कृष्णः २०हेमन्तः ८०

सरिताः २०

मुख्य सडक र भित्री गल्लीमा सोलार बत्ती व्यवस्था गरिनेशम्भुजित : ९०रेखाः ९०कृष्णः २५हेमन्तः ३५
सरिताः ७५

पाँच वर्षभित्र साक्षरता सतप्रतिशत बनाइनेशम्भुजित : ६०रेखाः ५०कृष्णः १०हेमन्तः ९०

सरिताः १०

पार्किङ गर्न बहुतले भवन निर्माण गरिनेशम्भुजित : ६०रेखाः २०कृष्णः ५हेमन्तः ६०
सरिताः १०

खानेपानीको वैकल्पिक स्रोत खोजिनेशम्भुजित : ५०रेखाः १०कृष्णः ५०हेमन्तः १०

सरिताः २०

गैरकानुनी भवन भत्काइनेशम्भुजित : ३०रेखाः ५०कृष्णः ४०हेमन्तः २०
सरिताः २०

कालो प्लास्टिक मुक्त क्षेत्र बनाइनेशम्भुजित : ४०रेखाः ५०कृष्णः १००हेमन्तः ८०

सरिताः ५०

फुटपाथको व्यापार हटाइनेशम्भुजित : ५०रेखाः १०कृष्णः ०हेमन्तः ६०
सरिताः ६०

पर्यटकीय क्षेत्र २४ घन्टा खुला राखिनेशम्भुजित : ३०रेखाः ९९कृष्णः ५हेमन्तः ९०

सरिताः ३०


साभार: नागरिक न्युज

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।